सरकारले बिदा दिएर जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गर्यो : उपराष्ट्रपति पुन – Himalayan Dainik

सरकारले बिदा दिएर जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गर्यो : उपराष्ट्रपति पुन


सरकारले बिदा दिएर जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गर्यो : उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताए ।

उनले भने, ‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ । यसमा पूर्वाग्रह राख्नेहरुले चाहे जे सुकै किन नभनुन्, संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो । हामीले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउन नसके चुनौतिहरुको चाङ लाग्नेछ र यो परिवर्तनप्रति नै प्रश्नहरु उठ्नेछ । सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ ।’