ताप्लेजुङमा भूकम्पको धक्का – Himalayan Dainik

ताप्लेजुङमा भूकम्पको धक्का


ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ स्थित ओलाङचुङगोलामा केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगोला आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।

ओलाङचुङगोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ– ७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए। ओलाङचुङगोलाई केन्द्रविन्दु बनाएर ०७७ साल माघ २७ गते पनि ५।४ रेक्टर स्केलको भूकम्प गएको थियो।