लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धार पद तथा गोपनीयताको शपथ ग्रहण – Himalayan Dainik

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धार पद तथा गोपनीयताको शपथ ग्रहण


लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धार  पद तथा गोपनीयताको शपथ ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन।

नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णुप्रसाद पन्थीले स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन।