प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजको विषयमा छलफल – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजको विषयमा छलफल


प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजको विषयमा छलफल

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन।
प्रधानमन्त्रीले गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने बहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्य सचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन ।

फागुन १ गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको एक छलफलमा प्रधानमन्त्री प्रचण्डले यो घोषणा गरेका हुन । ।
छलफलका क्रममा उनले विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए । ‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ’, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।’

गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका कामहरू समेत प्रचण्ड पहिलो र दोस्रो पटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए ।