प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बित नगरौँ : ज्ञानेन्द्रबहादुर शाही – Himalayan Dainik

प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बित नगरौँ : ज्ञानेन्द्रबहादुर शाही


प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बित नगरौँ : ज्ञानेन्द्रबहादुर शाही

काठमाडौँ – प्रहरीले पक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर समेत गरेका हुन् ।

प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए ।