दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन – Himalayan Dainik

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन


दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन

सुर्खेत – दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ।

शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

२०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।