जनयुद्ध दिवसमा सरकारी बिदा दिने बाग्मती प्रदेश सरकारको निर्णय – Himalayan Dainik

जनयुद्ध दिवसमा सरकारी बिदा दिने बाग्मती प्रदेश सरकारको निर्णय


जनयुद्ध दिवसमा सरकारी बिदा दिने बाग्मती प्रदेश सरकारको निर्णय

काठमाडौं – बाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’