संविधानको इमानदार कार्यान्वयन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

संविधानको इमानदार कार्यान्वयन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड


संविधानको इमानदार कार्यान्वयन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएका छन्। राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले उनले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताए ।

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ। त्यसका लागि झन्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्‍यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्ताबेज हो। संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्। कतिपय विषयमा विमति पनि होलान्। तर, हामीले बनाएको संविधानको इमानदार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।’