नेप्से दोहोरो अंकले बढ्यो – Himalayan Dainik

नेप्से दोहोरो अंकले बढ्यो


नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४३ अंकले बढेर दुई हजार एक सय ८२ दशमलव ६१ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.१३ अंकले घटेर दुई हजार एक सय ७० दशमलब २१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा दुई अर्ब ६ करोड २० लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ६९ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपावर कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको हो । नबिल ब्यालेन्स फण्ड–३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ ।