बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु – Himalayan Dainik

बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु


बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु

पोखरा – बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु भएको छ । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको हो ।

२७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउँदै थिइन् । रेजिनाले चलाएको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिए पछि घाइते भएकी थिइन । घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु  जिल्ला प्रहरी कार्यालय कस्कीले जनाएको छ ।