सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो – Himalayan Dainik

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो


सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।