युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता – Himalayan Dainik

युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता


युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता

काठमाडौँ – अमेरिकी विकास सहायता नियोग युएसएडकी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय साझेदारीका विषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले युएसएडले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । जवाफमा युएसएडकी प्रमुख पावरले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग जारी रहने बताएकी थिइन् ।