काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु – Himalayan Dainik

काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – काठमाडौंको तिनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जिप एक आपसमा ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको  छ ।