काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छिन् ।
सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेष ध्यान दिने उल्लेख गरिन् ।
उनले भनिन्, “राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु ।” उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उनको भनाइ छ ।