सरकारी बिदा धेरै हुँदा जनताका काम प्रवाहित भए, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री – Himalayan Dainik

सरकारी बिदा धेरै हुँदा जनताका काम प्रवाहित भए, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री


सरकारी बिदा धेरै हुँदा जनताका काम प्रवाहित भए, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’