टर्की भूकम्पमा कोहि नेपाली समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ? – Himalayan Dainik

टर्की भूकम्पमा कोहि नेपाली समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ?


टर्की भूकम्पमा  कोहि नेपाली समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ?

काठमाडौँ –  इस्लामावादमा रहेको नेपाली राजदूताबासले टर्कीमा आज गएका दुई शक्तिशाली भुकम्पहरू एवं पराकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूले आफूलाई समस्या परे तुरुन्त राजदूताबासलाई खबर गर्न आग्रह गरेको छ ।

मंगलबार विनोद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘ यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ।’

दूताबासले आफ्ना परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीहरू सम्बन्धी खबर प्राप्त भएमा ००९२ ५१२६१०३१७, ह्वाट्सयाप नं।0092512610321,इमेल: [email protected] र +90 537 277 71 96 सम्पर्क नम्बरहरूमा जानकारी गराइ सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।