बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित – Himalayan Dainik

बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित


बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित

हेटौंडा – बागमती प्रदेशसभाको बैठक बस्दै नबसि स्थगित भएको छ।

दलहरूबीच प्रदेशसभा समितिको सभापति भागवण्डा नमिलेपछि सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको हो।
प्रदेशसभा सचिवालयका अनुसार अब अर्को बैठक माघ २६ गते बस्ने छ । सो बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ।

सोमबार प्रदेशसभा संसदीय समिति गठन गर्ने भनिए पनि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले पनि भाग खोजेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।