सुर्खेत: साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु – Himalayan Dainik

सुर्खेत: साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


सुर्खेत:  साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-१ धारापानीका एक पुरुषको साइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

सोमबार बिहान साइकलसहित पुलबाट खसेर खोलामा झर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको पहिचान खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।