रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै – Himalayan Dainik

रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै


रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै

काठमाडौं – रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।

सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने बताए ।

२०७८ पछि हालसम्म राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।