स्वास्थ्यमन्त्री गिरी र नेपालका लागि बेलायतकी राजदूत निकोलाबीच भेटवार्ता – Himalayan Dainik

स्वास्थ्यमन्त्री गिरी र नेपालका लागि बेलायतकी राजदूत निकोलाबीच भेटवार्ता


स्वास्थ्यमन्त्री गिरी र नेपालका लागि बेलायतकी राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । ‘कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले भने ।

राजदूत निकोलाले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् ।