त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित विदेशी नागरिक पक्राउ – Himalayan Dainik

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित विदेशी नागरिक पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार, रातिको उडानमा दुबईबाट आएका क्यानेडेली नागरिक मोहमद कमल मोहगोबलाई विमानस्थल भन्सार कार्यालयले ९ किलो १ सय ३५ ग्राम सुनसहित मध्यराति १२ बजे पक्राउ गरेको हो । फ्लाई दुबईको एफ-२५७३ मार्फत काठमाडौँ आएका मोहमद युएई मूलका क्यानडेली हुन् ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार उनले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुटजस्तै बनाएर सुन भित्र्याउन खोजेका थिए ।

विदेशबाट ल्याइने सुन नेपालहुँदै भारत लगिने गरेको विगत छ । गत महिना मात्र १९ किलो सुनसहित दुई जना सुडानी नागरिक पक्राउ परेका थिए ।