सुनको भाउमा नयाँ रेकर्ड कायम – Himalayan Dainik

सुनको भाउमा नयाँ रेकर्ड कायम


सुनको भाउमा नयाँ रेकर्ड कायम

काठमाण्डौ – सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।