काठमाडौं – साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।
साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ ।