एमाले अध्यक्ष ओली र बेलायती राजदुत पोलिटबिच भेटवार्ता – Himalayan Dainik

एमाले अध्यक्ष ओली र बेलायती राजदुत पोलिटबिच भेटवार्ता


एमाले अध्यक्ष ओली र बेलायती राजदुत पोलिटबिच भेटवार्ता

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला काथ्रिन पोलिट बिच बुधबार भेटवार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबिच भेटवार्ता भएको हो ।
उनीहरूबीच दुई देशबीचको सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको छ ।

भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठुलो दल एमालेको प्राथमिकताका विषयका बारेमा जिज्ञासा राखेकी थिइन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीका प्राथमिकताका विषय भएको बताएका छन् ।