अध्यक्षको व्यस्ताको कारण माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित – Himalayan Dainik

अध्यक्षको व्यस्ताको कारण माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित


अध्यक्षको व्यस्ताको कारण माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

काठमाडौँ – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ।

अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए।

स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिए।