स्वास्थ्यको विषयमा कुनै ‘कम्प्रमाइज’ गर्नु हुदैन : स्वास्थ्य राज्य मन्त्री कार्की – Himalayan Dainik

स्वास्थ्यको विषयमा कुनै ‘कम्प्रमाइज’ गर्नु हुदैन : स्वास्थ्य राज्य मन्त्री कार्की


स्वास्थ्यको विषयमा कुनै ‘कम्प्रमाइज’ गर्नु हुदैन : स्वास्थ्य राज्य मन्त्री कार्की

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै ‘कम्प्रमाइज’गर्न नहुने बताएकी छिन । आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

राज्यमन्त्री कार्कीले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्ट्स, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन । उनले बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन ।

साथै ,राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छिन ।