राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री पौडेल – Himalayan Dainik

राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री पौडेल


राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याब भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् ।

‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो’, मन्त्री पौडेलले भने । यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे ।