सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो – Himalayan Dainik

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो


सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।

चाँदी दुई दिनयता तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।