पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न नपाइने – Himalayan Dainik

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न नपाइने


पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न नपाइने

कास्की – पोखराका मुख्य बजारका सडक छेउमा गाडी पार्किङ गर्न निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमवार हिजो एक सूचना जारी गर्दै बजारका मुख्य ठाउँमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।

‘महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्युरोड, वीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडक खण्डमा यही माघ २३ गते सोमवारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।

‘मुख्य सहरी क्षेत्रको सडकमा गाडीको चाप वृद्धि भइ आवागमनमा समेत प्रत्यक्ष असर हुनुकासाथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित ठाउँको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छु, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भने ।’

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती ठाउँमा पार्किङ गरेबापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ । सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ । – रासस