आगोले जलेकी संगिताको उपचारको क्रममा निधन – Himalayan Dainik

आगोले जलेकी संगिताको उपचारको क्रममा निधन


आगोले जलेकी संगिताको उपचारको क्रममा निधन

पोखरा – पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका-१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।

आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।आफ्नो घरमा बस्दै आएका कृष्णले आत्मादाह गर्दै गर्दा उनी भने बचाउनका लागि गएका बेला जलेकी थिइन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक (डिएसपी) सुभाष तिमिल्सिनाले बताए ।

घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।