धनुषामा हिरासत तोडेर ६ जना फरार – Himalayan Dainik

धनुषामा हिरासत तोडेर ६ जना फरार


धनुषामा हिरासत तोडेर ६ जना फरार

धनुषा – धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

प्रहरी चौकीको भवन पुरानो भएकाले अगाडिबाट भित्रको हिरासत नदेखिदा पछाडिबाट अभियुक्त भागेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

फरार भएकाहरुको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।