देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो : राप्रपा अध्यक्ष थापा – Himalayan Dainik

देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो : राप्रपा अध्यक्ष थापा


देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति भद्रगोल र डामाडोल हुन लागेको भएको बताएका छन ।

पार्टीको संगठन बिभागद्वारा काठमाडौंमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा थापाले यस्तो बताएका हुन । उनले चुनाव सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ संकेत मान्न नसकिने बताए ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका सुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्ने बताए ।

सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको भनाइ छ ।