झापाबाट ब्राउनसुगरसहित चार जना पक्राउ – Himalayan Dainik

झापाबाट ब्राउनसुगरसहित चार जना पक्राउ


झापाबाट ब्राउनसुगरसहित चार जना पक्राउ

झापा – झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

हिजो (शनिबार) दिउँसो दमक नगरपालिका-१ कुमाल चौकमा रहेको लाफा होटलमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दुई युवा र दुई युवतीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नौ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्‍ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले बताए ।

यसरी पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउपालिका- ४ बस्ने वर्ष ३२ को विर बहादुर लिम्बु, दमक नगरपालिका-३ बस्ने वर्ष २४ की प्रेम कुमारी तामाङको सोही स्थानकी वर्ष १९ की दिक्षा योगी र ईलाम फाक्थोक्थुम गाउपालिका-घ घर भई हाल दमक-९ मा डेरा गरी बस्ने वर्ष ३३ को विदुर पौडेल पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूलाई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भइरहेको डिएसपी पाठककले बताए ।