राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक बस्दै – Himalayan Dainik

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक बस्दै

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक बस्दै छ । पार्टीको बैठक केही समय पछि बस्ने भएको हो ।

बैठकमा पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिनेबारे पनि छलफल हुने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला सुनाउँदै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

यससँगै उनको पार्टी सभापति पद पनि गुमेको थियो । लामिछानेको स्थानमा पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।