न्युनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्री गिरिको चेतावानी – Himalayan Dainik

न्युनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्री गिरिको चेतावानी


न्युनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्री गिरिको चेतावानी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी अस्पतालको अनुगमन गरी कारबाही गर्ने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण खोज्न छिटै अनुगमन गर्ने बताए ।