सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने – Himalayan Dainik

सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने


सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

काठमाण्डाै – सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ ।कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् ।  यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।

यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।