आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा – Himalayan Dainik

आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा


आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

एजेन्सी – अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका र सहयोगी देशका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।

सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानीमा कारबाही गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

सुडानीले अफ्रिकी देश तथा अफगानिस्तानमा आईएस गतिविधिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिकाको दाबी छ ।