डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा ,३ जना पक्राउ – Himalayan Dainik

डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा ,३ जना पक्राउ


डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा ,३ जना पक्राउ

काठमाडौँ – डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । छापा मारेर कन्सल्टेन्सी सञ्चालक सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ । विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।