शेयर बजार आज सामान्य घट्यो – Himalayan Dainik

शेयर बजार आज सामान्य घट्यो


शेयर बजार आज सामान्य घट्यो

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् ।