छुट्टै निर्वाचन आचारसंहिता चाहिँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया – Himalayan Dainik

छुट्टै निर्वाचन आचारसंहिता चाहिँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया


छुट्टै निर्वाचन आचारसंहिता चाहिँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि छुट्टै निर्वाचन आचारसंहिता बनाइराख्न नपर्ने बताएका छन् ।

बिहीबार निर्वाचन आयोगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘उनले भने, ‘निर्वाचन आचारसंहिता भन्ने विषय छुट्टै बनाइराख्नुपर्छ भन्ने मलाई लाग्दैन । ऐनमा राख्ने कुरा ऐनमै राखिदिउँ । निर्वाचनको बेलामा चै एकदम नियमित हुनुपर्ने, इमानदार हुनुपर्ने, अरुवेला बेइमान भए पनि हुने भन्ने व्याख्या हुन्छ र रु इमान, जमान, निष्ठा भन्ने विषय त सधैं चाहिने विषय हुन् नि ?’

उनले निर्वाचनमा आमसञ्चारको अनुगमन आमसञ्चारको अनुगमन गर्ने आधिकारिक निकायबाटै हुने गरी ऐनमै समावेश गरिसकेको बताए ।