बाग्मतीका स्वास्थ्यमन्त्रीका यि हुन पहिलो दुई निर्णय – Himalayan Dainik

बाग्मतीका स्वास्थ्यमन्त्रीका यि हुन पहिलो दुई निर्णय


बाग्मतीका स्वास्थ्यमन्त्रीका यि हुन पहिलो दुई निर्णय

हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पद बहालीका क्रममा दुई महत्त्वपूर्ण निर्णय गरेका छन ।
बुधबार पद बहाली गर्दै स्वास्थ्य मन्त्री श्रेष्ठले लोपुन्मुख अति सिमान्तकृत जातिहरु, मानव सेवा आश्रममा तथा अन्य आश्रमहरुमा आश्रय लिइरहेका बेसाहारा, असाहय व्यक्तिहरु, वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउन स्वास्थ्य मन्त्रालयले राष्ट्रियरप्रादेशिक बिमा बोर्डसँग सम्झौता गरी बिमाको प्रिमियम भुक्तानी गर्ने निर्णय गरेका हुन ।

स्वास्थ्य मन्त्रीले प्रदेश अन्तर्गतका अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा डीपीआर तथा मास्टर प्लान निर्माणका लागि सहजिकरण गर्न पत्राचार गर्ने निर्णय पनि गरेका हुन ।