कर्णालीका हिमाली जिल्लामा भारी हिमपात,यातायात र सञ्चार सेवा समेत प्रभावित – Himalayan Dainik

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात,यातायात र सञ्चार सेवा समेत प्रभावित


कर्णालीका हिमाली जिल्लामा भारी हिमपात,यातायात र सञ्चार सेवा समेत प्रभावित

सुर्खेत –  कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ ।

हिमपातले गर्दा हुम्ला, जुम्ला, मुगु र डोल्पा सदरमुकाम सेताम्य देखिएका छन् । मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका छन् । भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन कष्टकर बनेको छ ।