गण्डकीका कानूनमन्त्री गाहा मगरले सम्हाले पदभार – Himalayan Dainik

गण्डकीका कानूनमन्त्री गाहा मगरले सम्हाले पदभार


गण्डकीका कानूनमन्त्री गाहा मगरले सम्हाले पदभार

पर्वत – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगरले पदभार सम्हालेका छन ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा मङ्गलवार नियुक्त गाहा मगरले बुधाबार पदभार सम्हालेका हुन ।

पदभार ग्रहण गर्दै उनले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।