महामन्त्री शर्मा भन्छन- प्रेमको आत्मादाहले सबैलाई कठघरमा उभ्याएको छ – Himalayan Dainik

महामन्त्री शर्मा भन्छन- प्रेमको आत्मादाहले सबैलाई कठघरमा उभ्याएको छ


महामन्त्री शर्मा भन्छन- प्रेमको आत्मादाहले सबैलाई कठघरमा उभ्याएको छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरमा उभ्याएको बताएका छन । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले  सामाजिक संजालमा लेख्दै यस्तो बताएका हुन ।

शर्माले लेखेका छन ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ १ दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन १’ उनले लेखेका छन्।‘नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।’