कैलालीका तीन पालिकामा दादुरा देखियो – Himalayan Dainik

कैलालीका तीन पालिकामा दादुरा देखियो


कैलालीका तीन पालिकामा  दादुरा देखियो

कैलाली – कैलालीका तीनवटा पालिकाका चारजनामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिकाका दुई तथा गौरीगंगा र गोदावरी नगरपालिकाका एक–एक गरी चारजनामा दादुरा देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

धनगढीका दुई बालकमा दादुराको लक्षण देखिएपछि नमुना संकलन गरेर परीक्षणका लागि ल्याबमा पठाइएको उनले बताए ।