भुकम्पले बाजुरामा चार घर भत्किए – Himalayan Dainik

भुकम्पले बाजुरामा चार घर भत्किए


भुकम्पले बाजुरामा चार घर भत्किए

काठमाण्डौ – बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किएका छन् । दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्य थापाले जानकारी दिए ।

मानवीय क्षतिको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको डिएसपी थापाले बताए ।