क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु – Himalayan Dainik

क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु


क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु

क्यालिफोर्निया– क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो । मोन्टेरे पार्कमा भएको सामूहिक हत्याको शोक मनाइरहेका बेला अर्को गोलीकाण्ड भएको हो ।

पछिल्लो आक्रमणहरू सान फ्रान्सिस्कोको दक्षिणमा ३० माइल (५० किलोमिटर) दक्षिणमा रहेको हाफ मुन बेको तटीय सहरमा दुई छुट्टाछुट्टै स्थानहरूमा भएको हो ।

आक्रमणकारी ६७ वर्षीय झाओ चुन्ली रहेको बताइएको छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।