अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जना पक्राउ – Himalayan Dainik

अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जना पक्राउ


अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जना पक्राउ

मोरङः मोरङको सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन्।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनीहरुलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।