बाजुरामा गर्भवतीको ज्यान गयो – Himalayan Dainik

बाजुरामा गर्भवतीको ज्यान गयो


बाजुरामा गर्भवतीको ज्यान गयो

बाजुरा- बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको ज्यान गएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि उपचारमा ढिलाइ हुँदा ज्यान गएको हो ।

‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उनले भने , ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जानकारी पाएका छौँ ।’

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै ज्यान गइसकेको र बच्चा पनि पेटमै ज्यान गइसकेको जानकारी दिए । विक मुटुरोगी थिइन ।- रासस