बसको ठक्करबाट बालिकाको मृत्यु – Himalayan Dainik

बसको ठक्करबाट बालिकाको मृत्यु


बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं – काठमाडौं को बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

काठमाडौँ सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो।

बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको छ।